कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले बैठकले कोरोनाविरुद्धको खोप लगाएर भौतिक उपस्थितिमै परीक्षा गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना संक्रमणका कारण स्थगित कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी शिक्षा मन्त्रालयले गरिरहेको छ । कोभिडविरुद्धको […]
मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो, जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् ।
काठमाडौं विश्वविद्यालय बाट सम्बन्धन लिएका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुलेका छन् । मेडिकल कलेजहरूले एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीसँग परीक्षा शुल्कका नाममा १० हजार रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएका हुन् । थप शुल्क नबुझाए परीक्षामा बस्न नदिने धम्की दिने गरिएको विद्यार्थीले गुनासो गरेका छन् ।काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेज, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, […]
विश्व भरी फैलिरहेको कोरोनो भाईरस नेपालमा पनि निकै प्रभाव परेको छ, भाइरसले प्रभाविद क्षेत्र हो । शिक्षा, शिक्षा क्षेत्रमा पछिल्लो समय कुनै निजि क्षेत्रका कलेज, स्कुलले अनलाइन मार्फत पठन, पाठन गदैै आए पनि तर ग्रार्मिण क्षेत्रका बिधार्थीले त्यो शिक्षा बाट टाढानै रहेका छन । तर देशका केहि शहरमा सबै क्षेत्रका बिधालय तथा कलेजले अनलाइन कक्षा […]
१३ साउन, काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा होम सेन्टरबाट गर्ने तयारी गरेको छ। बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा सहभागी बोर्डका सदस्यसचिव दुर्गा अर्यालले विद्यालय तहको अन्तिम परीक्षा भएकाले विज्ञ र विद्यार्थीको सुझाब पनि भौतिक उपस्थितिमा नै परीक्षा लिनुपर्ने भएकाले सोही अनुसार परीक्षाको तयारी […]