काठमाडौँ। कम्युनिस्ट नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी रोजेका छन्। नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन्। ‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु। त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने। सैद्धान्द्धिक रुपले र वर्तमानमा बसेर […]
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्रीलाई सोधेका छन्। विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिंदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई उनले संसद […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन्। आजको बैठकमा २७० जना उपस्थित थिए। प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक […]
काठमाडौँ। वेल्सका कप्तान ग्यारेथ बेलले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। ३३ वर्षको उमेरमै उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्। उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन्। उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा कठिन निर्णय हो।’ उनले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा केवल […]
काठमाडौँ। अन्ततः नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज मंगलबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिंदैछन्। सरकारले लिने नीति तथा कार्यक्रमका आधारमा एकीकृत समाजवादीले […]
काठमाडौँ। सात दलीय सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन्। सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसहित सत्ता साझेदार दलको उपस्थितिमा अर्थमन्त्री पौडेलले बाचन गरेर नीतिगत प्राथमिकता […]
काठमाडौँ। निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक बसेको छ । सोमबार नयाँ बानेश्वरको संसद् भवनमा बसेको बैठकमा विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूले आफ्नो विचार व्यक्त गरेका छन् । पहिलो बैठकले अर्को व्यवस्था नभएसम्मका लागि प्रतिनिधि सभा नियमावली २०७५ अनुसार बैठक सञ्चालन गर्ने विषयमा स्वीकृति जनाएको छ । यस्तै सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि ७ सांसद […]
काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनतासँग गरेको बाचा पूरा गर्न सरकारमा गएको प्रस्ट पारेका छन्। साथै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्ने दाबी समेत गरेका छन्। ती कामहरूले सुरुवात भैसकेको भन्दै लामिछानेले आफ्नो पार्टी र आफूमाथि समेत लाग्दै आएका आरोपहरूको सफाइ दिने प्रयास गरेका छन्। ‘म छातीमा हात राखेर यो गरिमामय संसदमा […]
काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुलाई जनताले सशर्त समर्थन गरेको बताएका छन् । निर्वाचन पछिको प्रतिनिधि सभाको पहिलो बैठकमा लिखित मन्तव्य राख्दै प्रचण्डले जनताको निरन्तर निगरानीमा रहेको बताएका हुन् । उनले विविधताको फुलवारी जस्तो संसद रहेको भन्दै त्यसमा गर्व गर्न आग्रह गरे । प्रतिनिधिसभामा विभिन्न जातीय, धार्मिक, भौगोलिक विविधता भएकाहरुले […]
काठमाडौँ। राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो । तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको थियो। सोही ठाउँमा हुने निर्वाचनका लागि […]
काठमाडौं। ‘ऐश्वर्या’ डेब्यु गर्ल दीपिका प्रसाईं अभिनयसँगै सौन्दर्यले चर्चामा आउँछिन् । उनी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । जहाँबाट उनले आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् । सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेको देखिने तस्वीरमा दीपिका हट एण्ड स्मोकी देखिएकी छन् । हरियो रङको पहिरनमा उनले चिसिंदै गएको मौसमलाई चुनौती दिएको देख्न सकिन्छ । निर्देशक […]
काठमाडौँ। सुरक्षा पन्त साहित्यमा रुचि राख्ने अभिनेत्री हुन्। उनी अहिले प्रसारण भइरहेको रियालिटी शो ‘द पोइट आइडल’की एक निर्णायक पनि हुन् । हिजोआज उनले आफ्ना धारणा कवितामार्फत राख्न थालेकी छन्। गत साता सुर्खेतको बाघको शालिक भाइरल बन्दा यसमा असहमति जनाउँदै सुरक्षाले कलाचेतमाथि प्रश्न गरेकी थिइन्। सुरक्षाको नयाँ कविता सामाजिक सञ्जालमा यतिबेला चर्चाको विषय बनेको छ। […]