फुटबलबाट सन्यास लिने वेल्सका कप्तानको घोषणा

  • सप्तरंगी मिडिया
  • मङ्लबार, पुस २६, २०७९ ११:५६
फुटबलबाट सन्यास लिने वेल्सका कप्तानको घोषणा

काठमाडौँ। वेल्सका कप्तान ग्यारेथ बेलले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। ३३ वर्षको उमेरमै उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्।

उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन्। उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा कठिन निर्णय हो।’

उनले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा केवल मेरो जीवन बदलिएको छैन, बरु म को हुँ भन्ने पनि स्थापित भएको छ । म यो अविश्वसनीय इतिहासमा देशका लागि एक भूमिका निर्वाह गर्दा आफूलाई सम्मानित महसुस गर्दछु।’

बेल वेल्सको सबैभन्दा महान खेलाडीको रुपमा चिनिन्छन्। उनले अन्तर्राष्ट्रिय फुटबलमा ४१ गोल गरेका छन्। दुई युरोपियन च्याम्पिनसिप जिताएका छन् । यसका साथै उनले आफ्नो टिमलाई युरो २०१६ को सेमिफाइनलसम्म पुर्याए। १९५८ पछि पहिलो पटक विश्वकपमा पनि पुर्याए।

लस एन्जलसका फरवार्ड रहेका उनी त्यसअघि साउथह्याम्पटन, टोटनहम र रियल मड्रिडका लागि खेलिसकेका छन्। उनले अन्तिम खेल विश्वकपमा इंग्ल्याण्डविरुद्ध खेलेका थिए। यो बेलको १११ औं अन्तर्राष्ट्रिय खेल थियो।

  • सप्तरंगी मिडिया
  • मङ्लबार, पुस २६, २०७९ ११:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।