काठमाडौँ। सुरक्षा पन्त साहित्यमा रुचि राख्ने अभिनेत्री हुन्। उनी अहिले प्रसारण भइरहेको रियालिटी शो ‘द पोइट आइडल’की एक निर्णायक पनि हुन् । हिजोआज उनले आफ्ना धारणा कवितामार्फत राख्न थालेकी छन्।
गत साता सुर्खेतको बाघको शालिक भाइरल बन्दा यसमा असहमति जनाउँदै सुरक्षाले कलाचेतमाथि प्रश्न गरेकी थिइन्। सुरक्षाको नयाँ कविता सामाजिक सञ्जालमा यतिबेला चर्चाको विषय बनेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्कामाथि उभिएर सलामी ग्रहण गरेको तस्वीर सेयर गर्दै उनले व्यंग्य गर्दै कविता लेखेकी छन्। पिर्कालाई हिमालको विम्बको रुपमा प्रस्तुत गर्दै उनले सत्तामा पुगेपछि बदलिने शासकको चेतनामाथि व्यंग्य गरेकी छन्।
पछिल्लो समय नेपाली राजनीतिमा पिर्का कसरी सत्ता लोलुपताको रुपक बनेको छ भनेर उनले कवितामार्फत भन्न खोजेको देखिन्छ। सुरक्षामात्र होइन, पिर्कामाथि सलामी लिएको गृहमन्त्री लामिछानेको तस्वीर सामाजिक सञ्जालका ग्रुपमा चर्चाको विषय बनेको छ।
यस्तो छ नायिका पन्तको कविता…