नेपालका लागि चिनियाँ राजदूत छन सोङ काठमाडौँमा

  • सप्तरंगी मिडिया
  • आइतवार, पुस २४, २०७९ १४:३२
नेपालका लागि चिनियाँ राजदूत छन सोङ काठमाडौँमा

काठमाडौँ। नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन्।

राजदूत सोङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले स्वागत गरेका छन् ।

दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनीतिज्ञ सोङ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उप–महानिर्देशक थिए।

  • सप्तरंगी मिडिया
  • आइतवार, पुस २४, २०७९ १४:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।