नेकपा एसले हुम्लाका चार गाउँपालिकामा संगठन विस्तार गर्यो

  • Saptarangi Media
  • बुधबार, अशोज ६, २०७८ १९:४७
नेकपा एसले हुम्लाका चार गाउँपालिकामा संगठन विस्तार गर्यो

६ आश्विन २०७८, बुधबार ०८:२६
हुम्ला । पछिल्लो समय एकिकृत समाजवादी पार्टीले पाटी संगठन विस्तार गर्ने क्रममा हिजो आज जिल्लाको मध्ये क्षेत्र चंखेली, सर्केगाडमा संगठन विस्तार गरी रहेको छ ।

दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकामा एकिकृत समावजादी पार्टीले गाउँपालिका स्तरको संगठन विस्तार गर्ने काम सम्पन्न गरेको छ । अब सिमकोट, खार्पुनाथ र नाम्खा गरी तीनवटा गाउँपालिकामा संगठन विस्तार गर्ने भएको छ । हुम्लामा सातवटा गाउँपालिका रहेका छन् भने चारवटामा संगठन विस्तारको काम सकेर अब बाँकी रहेका तीन पालिकामा संगठन निर्माणको काम सुरु गर्ने भएको छ ।

ताँजाकोटबाट सुरु गरेको पाटीको प्रारम्भीक सर्बेक्षण सँगै पाटी सँगठन बिस्तार अभियान आइतबार चंखेलीमा र सोमबार सर्केगाड गाउँपालिका संगठन बिस्तार गरेको प्रदेश कमिटि सदस्य हस्त बहादुर शाहीले जानकारी दिए । ताँजाकोट गाउँपालिकामा ब्याउचे सार्कीको अध्यक्षतामा बसेको भेलाले सम्पत्ति शाहीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो ।

यस्तै नेकपा एकिकृत समाजवादीले जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा ५१ सदस्यीय पार्टीको गाउँपालिका कमिटी गठन गरेको छ । जिल्ला नेतृत्व संगठन निर्माणको अभियानमा लागेको बेला उक्त गाउँपालिकामा कमिटी गठन भएको हो । अदानचुलीका संगठित सदस्य अक फडेराको नेतृत्वमा गाउँपालिका स्तरका अगुवा कार्यकर्ताहरुको भेलाले गाउँ कमिटी गठन गरेको हो ।

सर्केगाड गाउँपालिकामा धिर बहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटि गठन गरेको छ । उपाध्यक्षमा जय बहादुर शाही सचिबमा नवराज शाही र गौरी बुढा उपसचिबमा चयन भएको बताए ।

यसै गरी चंखेली गाउँपलिकामा कर सिराको अध्यक्षतामा ४१ सदस्यीय कमिटि गठन गरेको छ । भने उक्त कमिटिको उपाध्यक्षमा बाँच बोहरा,सचिबमा झक्क रोकाया र उपसचिबमा दन्त ऐडी चयन भएको प्रदेश कमिटि सदस्य शाहीले बताए ।

उक्त अभियानमा जिल्ला प्रदेश कमिटि शाही सहित सचिब कमल छत्याल लगायतको टोली जुटेको छ । यस सँगै नेकपा(एकिकृत समाजबादी)ले हुम्लाका चार वटा गाउँपालिकामा संगठन बिस्तार गरेको छ ।

केही दिनअगाडि जिल्ला अध्यक्षसहित चार जना पदाधिकारी पाएलगत्तै जिल्लाको दक्षिणी क्षेत्रमा गाउँपालिकास्तरको कमिटी गठन सुरु गरेर सम्पन्न गरेको हो ।
Source: radioshreenagar.com.np

  • Saptarangi Media
  • बुधबार, अशोज ६, २०७८ १९:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट