मेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।