आज कुशे औँसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिनेहरूको ठुलो भीड

  • Saptarangi Media
  • मङ्लबार, भदौ २२, २०७८ ११:१२
आज कुशे औँसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिनेहरूको ठुलो भीड

आज कुशे औँसी अर्थात बुवाको मुख हेर्ने दिनको रुपमा पनि मनाउने गरिन्छ । भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । आज काठमाडौंको उत्तर पूर्वमा रहेको गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिनेहरूको ठुलो भीड लागेको छ । बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष यस्तै ठुलो भीड लाग्ने गर्दछ । आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने धार्मिक मान्यता छ । आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा चलिआएको छ ।बुबाको निधन भएकाहरू यस दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ ।

  • Saptarangi Media
  • मङ्लबार, भदौ २२, २०७८ ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट