काठमाडौं उपत्याकाका तीन सय ८२ घर डुबानमा १३८ जनाको उद्धार

  • Saptarangi Media
  • सोमवार, भदौ २१, २०७८ १३:३८
काठमाडौं उपत्याकाका तीन सय ८२ घर डुबानमा १३८ जनाको उद्धार

गएरातिदेखि परेको वर्षाका कारण काठमाडौं उपत्याकाका तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट जडिबुटीको सुकुमबासी क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र धुम्बाराहिको तरकारी बजार,आदी डुबानमा परेका छन् ।
एसएसपी सिंहका अनुसार मानवीय क्षति भने कुनै भएको छैन ।

  • Saptarangi Media
  • सोमवार, भदौ २१, २०७८ १३:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट