संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

  • Saptarangi Media
  • सोमवार, भदौ २१, २०७८ १२:५0
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार। घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जानकारी दिएका छन । उनले घटनास्थल चैनपुरबाट करिव ३ घण्टाको दूरीमा रहेको बताए । गाउँलेले घटनाको सूचना दिनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताइएको छ ।
मादी नगरपालिकाकी उपमेयर उर्मिला नेपाल सुवेदीका अनुसार टेकबहादुर कार्कीसहित उनका बुबा, श्रीमती, छोराछोरीलगायतको हत्या गरिएको खबर प्राप्त भएको छ । घटनास्थल विकटमा पर्छ प्रहरी पनि जाँदैछन् । घटना किन र कसरी भयो भन्ने खुल्न सकेको छैन उनले भन्नि । विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • Saptarangi Media
  • सोमवार, भदौ २१, २०७८ १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट