वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे संगै काठमाण्डौको जडिबुटी क्षेत्रको लगातारको पानीका कारण सुकुम्बासी बस्तीहरु डुबानमा परेका छन् । स्थानीय खोलामा आएको बाढी बस्तीमा पस्दा जडिबुटीको सुकुम्बासी बस्तीको जनजीवन प्रभावित भएको छ । त्यहाँका घरमा पानी पसेको छ भने कुनै मानवीय क्षति भएको छैन ।र सबै घरमा बाढी पस्नुका साथै डुबान भएको छ । डोजरको सहयोगमा पानीको निकाश गरिएको अहिले केही बाढी घट्ने क्रममा देखिएको छ । स्थानीय उद्धारमा आर्मी, सशस्त्र प्रहरीसहित खटिएका छन् ।