गएरातिको वर्षाले काभ्रेपलानचोकको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । पुल बजार क्षेत्र वरपरका घर पसल जलमग्न भएका छन् भने पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या भएको छ र इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै डुवानमा परेरको छ । पुण्यमाता खोलाको बाढीले राति तीन बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिएका छन । पुण्यमाता खोलाको बाढीले पुल बजार क्षेत्रमा हरेक वर्ष डुबानको समस्या हुन्छ । तर यो समस्याको दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन ।