नेकपा एमाले आगामी निर्वाचनपछि फेरि सरकारमा फर्कने नेता : प्रदीप ज्ञवालीको दावी

  • Saptarangi Media
  • शुक्रबार, भदौ १८, २०७८ १६:0५
नेकपा एमाले आगामी निर्वाचनपछि फेरि सरकारमा फर्कने नेता  : प्रदीप ज्ञवालीको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दावी गरेका छन् । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हट्नु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने बताएका हुन् । नेकपा एमाले ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे । उनले भने हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ । अवको १५:१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरी फर्कने छौं, हामी सरकारमा । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरी फर्कनेछौं । र फेरी देशलाई ‘समृद्ध नेपाल सुःखी नेपालीको राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौँ । प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरूप्रति पनि आक्रोश व्यक्त गरे ।

न्युज स्रोत रातो पाटी

  • Saptarangi Media
  • शुक्रबार, भदौ १८, २०७८ १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट