दाङमा बाढीले गाडी बगाउँदा चारजनाको मृत्यु

  • Saptarangi Media
  • बिहिबार, भदौ १७, २०७८ १0:२१
दाङमा बाढीले गाडी बगाउँदा चारजनाको मृत्यु

प्रदेश ०३– ०१ –०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाउदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३० वर्षीया राधा श्रेष्ठ कुवर, घोराही–१३ की ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरमा दुई दिदीबहिनीसहित चारजनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन् । चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

  • Saptarangi Media
  • बिहिबार, भदौ १७, २०७८ १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।