काठमाडौँ उपत्यकाको फोहोर भोलिदेखि उठाइने

  • Saptarangi Media
  • मङ्लबार, भदौ १५, २०७८ १४:३२
काठमाडौँ उपत्यकाको फोहोर भोलिदेखि उठाइने

काठमाडौँ उपत्यकाका विभिन्न सडक र चोकमा लामो समय देखी थुप्रिएको फोहोर भोलिदेखि उठाइने भएको छ ।
मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विध्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णय भएको छ ।
मेयर शाक्यले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको मात्रै नभई सम्पूर्णको समस्या हो भन्दै त्यसैले सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । सिसडोलमा फोहोर व्यवस्थापनको काम २०६२ सालदेखि हुँदै आएको र त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको भन्दै उनले प्रधानमन्त्री र विभिन्न निकायसँग अपील गरेर फोहोर उठाउने वातावरण बनाइएको बताए । शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए ।

  • Saptarangi Media
  • मङ्लबार, भदौ १५, २०७८ १४:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।