५.०८ ग्राम लागुऔषध सहित दुईजना पक्राउ

  • Saptarangi Media
  • बिहिबार, भदौ १०, २०७८ १३:२७
५.०८ ग्राम लागुऔषध सहित दुईजना पक्राउ

भीमदत्त नगरपालिका (६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका ५ का ३३ वर्षीय सुरेन्द्रराज भट्ट र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताए । उनीहरुको साथबाट ५.०८ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ भने दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Saptarangi Media
  • बिहिबार, भदौ १०, २०७८ १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।