प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद अर्थात प्रष्ट बहुमत भएकाले दलको नेता नै मुख्यमन्त्री हुन्छन् ।