वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । मन्त्री बनेको सात दिनमै सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल परिवर्तन गरेपछि शाक्य अल्पमतमा परेकी हुन् । प्रदेश सभामा हाल १०९ जनामध्ये एमाले एक्लैको स्पष्ट बहुमत अर्थात् ५६ जना प्रदेश सभा सदस्य रहेका थिए । तर खनाल र पाण्डेले छोडेपछि अब भने मुख्यमन्त्रीलाई बहुमत पुर्याउनुपर्ने चुनौती आएको छ । एमाले विभाजित भएसँगै भर्खरै बनेको वागमती प्रदेश सरकार पनि अल्पमतमा परेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा एमालेका दुई सांसद लागेपछि अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बनेको वागमती सरकार अल्पमतमा परेको हो ।
अब वागमती प्रदेशमा माओवादीका २३, कांग्रेसका २२ जना र अन्य दलका ८ सांसद छन् । जसमध्ये विवेकशील साझाका ३, मजदुर किसान पार्टीका २, राप्रपाका २ र स्वतन्त्र १ सांसद छन् ।