काठमाडौंमा भोलिदेखि १३ सम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

  • Saptarangi Media
  • बिहिबार, भदौ १०, २०७८ ११:३९
काठमाडौंमा भोलिदेखि १३ सम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

काठमाडौंमा भोलिदेखि १३ सम्म कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा त्योभन्दा माथिका समूह सबैलाई दोस्रो मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप लगाउन पाउने छन् । काठमाडौँका सबै पालिकामा जम्मा १ सय ४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमाडौं महानगरपालिकामा बस्नेका लागि भन्दै थप आठ खोप केन्द्र थपिएका छन् । राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा पुगेर खोप लगाउन सकिनेछ ।

  • Saptarangi Media
  • बिहिबार, भदौ १०, २०७८ ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट