प्रस्तावित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दल दर्ताको प्रक्रियालाई लिएर निर्वाचन आयोगले आफूहरुप्रति पूर्वाग्रह देखाएको आरोप लगाएकी छन् । उनले निर्वाचन आयोगमा पार्टीका नेताहरुको सनाखत प्रक्रियया चलिरहँदा झाँक्रीले पत्रकारहरुसँग आफ्नो असन्तुष्टि पोखेकी हुन् । झाँक्रीले एमालेका मान्छेहरु आयोगमा आएर विभिन्न दबाब दिएको आरोप लगाइन् । साथै आयोगका प्रमुख आयूक्तले पनि पहिलेदेखि पूर्वाग्रह राखेको र अहिले पनि त्यस्तो देखाएको उनको दावी छ ।एमालेमा मर्ज भएको मध्यमार्गी धारको विषयमा झाँक्रीले उनीहरुका लागि पार्टीको ढोका खुला राख्नुपर्ने बताइन् ।