नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरु पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सुरु भएको छ । बैठकमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री सिंहसँगै महामन्त्री डा. शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा।मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, जीवन परियारलगायत उपस्थित छन् ।क्रियाशील सदस्यताबारे भएको सहमति, जिल्ला सभापतिहरुले राखेका माग लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।