विदेश उड्न लागेका युवक गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । चितवन जिल्लाको खैरेनी–१० का २९ वर्षीय बुद्धिराज पाठकलाई लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गाँजासहित उनलाई पक्रेर विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ । उनी मंगलबार कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका थिए ।