कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले बैठकले कोरोनाविरुद्धको खोप लगाएर भौतिक उपस्थितिमै परीक्षा गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना संक्रमणका कारण स्थगित कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी शिक्षा मन्त्रालयले गरिरहेको छ । कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटो भन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्।