पत्रकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेका छन्। उनिहरुले एक टेलिभिजनको सुर्खेत संवाददाता हौ भनेर उनीहरुले परिचय दिएको खुलेको छ । उनीहरुले आफ्नो कम्पनीमा सेयर खुलेको भनेर ठगी गरेको पाइएको छ । ठगी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिए ।