पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी पार्टी नै रोज्ने

  • Saptarangi Media
  • मङ्लबार, भदौ ८, २०७८ १३:२९
पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी पार्टी नै रोज्ने

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी पार्टी नै रोज्ने निश्चित भएको छ । हाल नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले निर्वाचन आयोगमा आफू एमालेमा नरहेको र एकीकृत समाजवादीमा रहेको सनाखत दूतावासमार्फत निर्वाचन आयोगमा सनाखतपत्र पठाउने भएका छन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत सनाखत गरिएको पत्र निर्वाचन आयोगलाई आजै पठाउने जानकारी दिएका छन् ।

  • Saptarangi Media
  • मङ्लबार, भदौ ८, २०७८ १३:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।