वार्ता र सहमति भ्रम हो, जालमा नपरौँः माधव कुमार नेपाल

  • Saptarangi Media
  • मङ्लबार, भदौ ८, २०७८ १0:४0
वार्ता र सहमति भ्रम हो, जालमा नपरौँः माधव कुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई वार्ता र सहमति को भ्रममा नपर्न आग्रह गरेका छन् । यस्ता प्रयासहरुलाई आफ्ना नयाँ प्रयास विथोल्ने छलकपट भन्दै माधवकुमार नेपालले फेस्बुकमालेखेका छन् । ‘दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिकाविरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुशी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक–पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन् ।’ यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।

  • Saptarangi Media
  • मङ्लबार, भदौ ८, २०७८ १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।