नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेल साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताएका छन् ।अक्टोबर १ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि अहिले राष्ट्रिय टोली पोखरामा प्रशिक्षण गरिरहेको छ । सोही क्रममा प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल ९एन्फा० मिडियासँग कुरा गर्दै भारतविरुद्ध आगामी १७ र २० गते हुने खेल फाइदाजनक हुने बताएका हुन् । नेपालले घरेलु मैदानमा भदौ १७ र २० गते भारतसँग खेल्दै छ ।