​माधव नेपालको पार्टीको नाम फेरियो, एमाले हट्यो

  • Saptarangi Media
  • शुक्रबार, भदौ ४, २०७८ १५:४१
​माधव नेपालको पार्टीको नाम फेरियो, एमाले हट्यो

४ भदौ, काठमाडौं ।

माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको आयोग स्रोतले बताएको थियो । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।

माधव नेपाल पक्षले पार्टीको नामबाट एमाले हटाए पनि महन्थ ठाकुरले आयोगले दिएको निवेदनमा भने जसपा नाम प्रयोग गर्दै ‘जसपा लोकतान्त्रिक’ नाम दाबी गरेको छ । आयोग स्रोतका अनुसार उसले पनि माधव समूहले जस्तै नाम सच्याउनुपर्ने हुनसक्छ । त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पुर्‍याइएकाे छ । चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन । नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो ।

निर्वाचन आयोग भन्छ – अब सनाखत शुरु हुन्छ

राजेन्द्र पाण्डेसहितको टोली राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ को उपनियम ५ अनुसार निवदेन दर्ता गरेको जानकारी दिँदै आयोग स्रोतले भन्यो, ‘वहाँहरुले नियमअनुसार निवेदन दिनुभएको छ । अब चाँडै केन्द्रीय सदस्यहरुको सनाखतको प्रक्रिया अघि बढ्छ ।’
दल दर्ताका लागि निवेदनमा उल्लेखित केन्द्रीय सदस्यहरुको सनाखत लगायतको प्रक्रिया पूरा गरेपछि आयोगले नयाँ दललाई वैधानिकता दिने कानूनी प्रावधान रहेको छ । यसका लागि आयोगले ३५ दिन लिन सक्ने भए पनि चाँडै टुंगो लगाइने आयोगका एक पदाधिकारीले बताए ।  यसैबीच, बिहीबारको एक कार्यक्रममा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव समुहको सनाखतपछि मात्र मन्त्रिमण्डल विस्तार गरिने बताएका थिए ।  – न्युज सेवा

  • Saptarangi Media
  • शुक्रबार, भदौ ४, २०७८ १५:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।