काठमाडौँ ।
कुन शब्द बाट सुरुवात गरौं शब्दहरु नै भारी पर्ने गर्छन् तिम्रो अगाडि, तिमी मुस्कुराउँदा भमरा डुलिरहेका रङ्गीचङ्गी फुलहरु पनि फिक्का लाग्ने गर्छन्। आँखाको बाटो हुँदै धेरै जना मुटुमा बस्न सक्दैनन् बस् आँखाको बाटो हुँदै मुटुसम्मको यात्रातय गर्यौ तिमीले, कोही मान्छे भेट्दै नभेटी छुट्टै आभास भरिदिन्छ मनभरी अनि यादहरुमा कैद गरिदिन्छ। कसरी आयौ मनको यात्रासम्म जहाँ सपनाले भरिएको दुनियाँ छ। सपनाको नै राजकुमारी बनेर मेरो वरिपरि घुमिरहेको छौ। छैन मैले तिमीलाई देखेको छैन मैले तिमीलाई भेटेको तर अन्तरमनमा स्पर्श भने तिम्रै मात्र छ डियर लभ , मैले कोर्ने शब्दको अक्षरमा तिम्रो नाम पाउने गरेको छु। मैले हेर्ने हरेक तस्बिरहरुमा तिम्रो मुस्कुराइरहने अधर पाउने गरेको छु।
थाहा छैन कस्तो माया हो यो एक तस्बिरले उसकै हुने कल्पना गर्न लागेको छु। उसलाई यस्तो हुन्छ कि हुँदैन होला सोच्न थालेको छु। दुख पर्दा होस् या मुस्कुराउँदा होस् उसकै कल्पनामा डुब्न र हराउन थालेको छु। भेट्न मन लाग्छ देख्न मन लाग्छ दुरी यति धेरै टाढा छ कि न भेट्न सक्छु न देख्न सक्छु बस् तस्बिर हर्दै मुस्कुराउन सक्छु। उसले पठाएको गुड मर्निङको एस.एम.एस संग दिनको सुरुवात गर्न थालेको छु। अनि उसको गुड नाइट संग को एस.एम.एस संग उसकै कल्पनामा निदाउन थालेको छु।
– विल्सन बाबु