फेरी बढ्यो सुनको भाउ

  • Saptarangi Media
  • शुक्रबार, भदौ ४, २०७८ १२:११
फेरी बढ्यो सुनको भाउ

भाद्र ४ , काठमाडौँ ।

सुनको भाउ फेरि बढेको छ । भदौ ४ गते, शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको भाउ ओरालो लाग्दा प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस साता सुनको भाउमा सामान्य उतारचढाव देखिएको छ । गत साताको शुक्रबारको तुलनामा यस साता सुन एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । महासंघको तथ्यांकका आधारमा गत शुक्रबार अर्थात साउन २९ गते सुनको भाउ प्रतितोला ८९ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

  • Saptarangi Media
  • शुक्रबार, भदौ ४, २०७८ १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।