नेकपा एमाले समाजवादी पार्टी निकट युवा नेता तथा माधव कुमार नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरी जिल्लाका निरन्जन झालाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा नियुक्त गरेको छ । यस अघि निर्वमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले स्पष्टीकरण सोधेको थियो । भट्टराईले कुनै स्पष्टीकरण नदिई राजीनामा दिएका थिए । एमाले फुटेएता माधव कुमार नेपाल अध्यक्ष्य भ्एको नेकपा एमाले समाजबादी गठन गरेपछि यो पार्टीले धमाधम नियुक्ति पाउन थालेका छ । यसअघि हिजैको मन्त्रिपरिषद बैठकले वागमती प्रदेश प्रमुखमा माधवपक्षीय यादव शर्मालाई नियुक्त गरेको थियो । यादव शर्मा माधव नेपालका पूर्वस्वकीय सचिव हुन भने निरन्जन झा नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष हुन ।