पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ हजार ४३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार ९४६ जनाको पिसिआर र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यसको संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ।