नेकपा एमाले पार्टी प्रतिपक्षी दलमात्र नभई देशकै सबैभन्दा ठुलो दल हो : अध्यक्ष केपी शर्मा ओली

  • Saptarangi Media
  • बिहिबार, भदौ ३, २०७८ १६:२0
नेकपा एमाले पार्टी प्रतिपक्षी दलमात्र नभई देशकै सबैभन्दा ठुलो दल हो : अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभई देशकै सबैभन्दा ठुलो दल भएको बताएका छन् । बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको जनमत हेर्दा एमाले कै बहुमतको रहेको बताएकाछन। उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए । उनले भने– ‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ ।उनले देशको विकास मात्रै एमालेको अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न आग्रह गरे ।

  • Saptarangi Media
  • बिहिबार, भदौ ३, २०७८ १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।