सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध विभिन्न कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । संसद छलेर संविधानसँग बाझिने अध्यादेश ल्याएको भन्दै अधिवक्ता प्रवेश केसीसहितका कानुन व्यवसायी रिट लिएर सर्वोच्च पुगेका हुन् ।राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन गर्दा संविधान, कानुन एवं न्यायका मान्य सिद्धान्तको समेत गम्भीर उल्लंघन हुने हुँदा रिटको अन्तिम टुंगो नलागेसम्म अध्यादेश कार्यान्वयन नगर्नु, नगराउनु भनी अन्तरिम आदेश पनि माग गरिएको छ । अध्यादेश प्रमाणीकरण भएकै दिन नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेका छन् ।