​तालिबानको पहिलो पत्रकार सम्मेलन : अफगान सरकारी अधिकारीलाई ‘आम माफी’

  • Saptarangi Media
  • बुधबार, भदौ २, २०७८ १२:0५
​तालिबानको पहिलो पत्रकार सम्मेलन : अफगान सरकारी अधिकारीलाई ‘आम माफी’

२ भदौ,काठमाडौं ।

तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ । शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो ।

अफगानिस्तान कब्जापछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको’ बताएका छन् । ‘अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,” मुजाहिदले भने,’हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ । हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ ।’

तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले कर्मचारीलाई आम माफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ । ‘पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,’ सामञ्जनीले माफीको घोषणा गर्दै भने ।
– न्युज सेवा

  • Saptarangi Media
  • बुधबार, भदौ २, २०७८ १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।