नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टी सभापति नेतृत्वको सरकारले संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेकोमा आपत्ती जनाएका छन् । थापाले फेसबुकमा लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन । हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत । संगैमा,गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैनरहुँदैन । विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।