हरबखत मुस्काइरहने हिमाल कति राम्रो
त्यसैले बनाएको छ उच्च शिर हाम्रो
हावामा प्वाख सरी उड्दैन हिमाल
छक्क परेेेर उनलाई हेर्दछिन् सुन्दरी सिमाल।
मानिसहरु लाखौं पटक झुक्छन् बरु
तर कदापि झुक्दैन्न कसैसामु हिमालहरु
दिन पनि रात पनि सदा एकनास रहिरहन्छन्
सबैको लागि प्यास मेटाउने खाेलि बनी बाढिदिन्छन् ।
समय सकिएपछि रितिने गर्छन् जिवजन्तु
अमर छन् यिनका काम अनि सक्रिय तन्तु
त्यसैले यिनको तारिफ गरेर कहिलेेेे सिद्धिदैन
यति बिसाल छिन् कि उनी कहिले रितिदैन ।
– श्रीजना फुयाल