विद्रोही तालिबान समूहले अफगानिस्तानको सत्ता फेरि कब्जामा लिएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर हिँडिसकेका छन् । अफगानिस्तान र तालिबान समूह बिच द्वन्द्व झन चर्किए सँगै अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । उनिहरु अमेरिकी चार्टरबाट बिहान१०:१५ मा त्रिभुवन विमानस्थल आई पुगेका हुन् ।अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेको एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले बताए । गुरुङकै कम्पनीले यी सुरक्षागार्डलाई अमेरिकी दूतावासमा काम गर्ने गरी अफगानिस्तान पठाएको थियो ।