नेकपा एमाले फुटको नजिक माधव नेपाल समुह चौथो ठुलो दल हुने

  • Saptarangi Media
  • सोमवार, साउन ३२, २०७८ १७:३१
नेकपा एमाले फुटको नजिक माधव नेपाल समुह चौथो ठुलो दल हुने

नेकपा एमालेको पार्टी फुटको नजिक पुगको छ ,। एमाले अध्यक्ष केपी शर्मा
ओली र वरिष्ठ नेता माधवकुमार नेपाल विच विवादबढी रहेको बेला वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनको अन्तिम तयारी गरेका छन् । उनले नयाँ बन्ने पार्टी र चुनाव चिन्ह समेतको तयारी पूरा गरेको बुझिएको छ ।माधव नेपाललाई पार्टी विभाजनका लागि अनुकूल हुने गरी सरकारले अध्यादेश ल्याउने तयारी समेत गरेको छ । जस अनुसार केन्द्रीय कमिटी वा संसदीय दलमा ४० प्रतिशत संख्या बनाउनुपर्ने पुरानो व्यवस्थामा संशोधन गरी कुनै एकमा भए पुग्ने बनाइने भएको छ । नेपालले केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याउने भएका छन् ।
माधव नेपालले ३३ सांसद बनाए चौंथो ठूलो पार्टी बन्न सक्छन् । प्रतिनिधि सभामा एमाले सबैभन्दा ठूलो दल छ । एमालेसँग १२१ सांसद छन् । माधव नेपाल पक्षमा ५९ सांसद गएपनि एमाले नै ठूलो दल रहनेछ । माधव नेपालसँग ३० भन्दा बढी सांसद रहेको बुझिएको छ । उनले जनता समाजवादी पार्टीभन्दा ठूलो दल बनाउने लक्ष्यका साथ विभाजनको तयारी गरेका छन् । जसपासँग अहिले ३२ सांसद छन् । जसमध्ये ३३ प्रतिशत महन्थ ठाकुर पक्षधर हुन् ।

  • Saptarangi Media
  • सोमवार, साउन ३२, २०७८ १७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।