संघीय संसद्को चालु अधिवेशन आजै राति १२ बजे बाट अन्त्य हुने भएको छ । आज बसेको क्याबिनेट बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेबमोजिम आज मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य हुने भएको हो । जेठ ८ गते केपी ओलीले गरेको दोस्रो पटकको विघटन उल्ट्याएर सर्वोच्च अदालतले पुनर्स्थापित गरेको प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रभावकारी हुन नसकेको गुनासोका बीच सरकारले अधिवेशन अन्त्य गर्न लागेको हो ।अधिवेशन अन्त्य बताइएअनुसार सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारीमा छ ।
जन आस्था