३१ साउन , काठमाडौँ ।
आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ। यस दिनबार सुनको भाउ तोलामा १,००० रुपैयाँले र चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढकाे छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ।