राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • Saptarangi Media
  • आइतवार, साउन ३१, २०७८ १२:२१
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

३१ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । काठमाडौँको एक पार्टी प्यालेसमा अपराह्न तीन बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने नेता राजाराम श्रेष्ठले बताए ।

बैठकमा अध्यक्ष कमल थापाको संयोजकत्वमा रहेको समितिले तयार पारेको स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्तुत गर्ने तयारी गरेको छ ।

आगामी कार्तिक २७ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने तय भएको राप्रपामा पार्टी गतिशिल नभएको भन्दै पार्टीभित्रबाटै आलोचना हुने गरेको छ ।

न्युज सेवा

  • Saptarangi Media
  • आइतवार, साउन ३१, २०७८ १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।