​माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि, दाहालको प्रस्तावमा छलफल हुने

  • Saptarangi Media
  • आइतवार, साउन ३१, २०७८ ११:३१
​माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि, दाहालको प्रस्तावमा छलफल हुने

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । शनिबार शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजको बैठकमा दाहालको उक्त प्रस्तावमा केन्द्रीय सदस्यहरुले समूहगत सुझाव दिँदैछन् ।

केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर दाहालको प्रतिवेदन पास गर्ने बैठकको तयारी छ । दाहालले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन आयोजना गर्ने अध्यक्ष प्रस्ताव गरेका छन् भने आगामी निर्वाचनसम्म नै अहिलेको ५ दलीय गठबन्धन कायम राख्नुपर्ने विषय प्रतिवेदनमा समेटेका छन् ।

केन्द्रीय कमिटी बैठकअघि अहिले स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ  ।   – न्युज सेवा

  • Saptarangi Media
  • आइतवार, साउन ३१, २०७८ ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।