२७ साउन , काठमाडौँ
१० हजार ९०७ पीसीआर परीक्षणमा २६१६ र ५७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३४८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
कोरोना संक्रमणका कारण बुधबार ३० जनाको मृत्यु भएको छ । त्यसैगरी १ हजार ८८५ जना कोरोना निको भएर घर फर्किएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ भने ६ लाख ७५ हजार ८३ जना संक्रमण मुक्त भएका छन् ।