साउन २७ ,काठमाडौं ।
हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला सिनेमा हल निर्माण गर्ने भएका छन् । उनीहरु नयाँ बानेश्वरस्थित शंखमुल रोडमा सिनेमा घर निर्माण गर्ने भएका हुन् भने निर्माण कार्य पनि अघि बढी सकेको छ ।
आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम भइरहेको दीपक बताउँछन् । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहने छन् ।
हल निर्माण गर्ने सोच पहिले देखि रहेको र अहिले काम सुरु गरेको कलाकार तथा निर्देशक दिपक राज गिरीले बताएका हुन् ।
अहिले कोरोनको कारण हल मात्र नभएर पुरै सिनेमा जगतनै पछाडी धकेलिएको छ । यस्तो बेलामा फिल्म हल निर्माण गर्दा सिनेमा जगतलाईनै सकारात्मक सन्देश जाने विश्वास रहेको निर्देशक तथा कलाकार दीपाश्री निरौलाले बताएकी छिन् ।