२७ साउन, काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएका हुन् ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले अब पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले राजीनामा दिएकोबारे जानकारी गराउँदैछन् । मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए ।
उनको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै थिए । आज प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुँदै थियो ।
न्युज सेवा