साउन २७ , काठमाडौँ ।
आज बुधबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ३५० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको थियो
। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।