साउन २७ , काठमाडौँ ।
पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । मंगलबार कोरोना मुक्त भएर २ हजार १ सय १५ जना घर फर्किएका छन् ।