साउन २६ , काठमाडौँ ।
पछिल्लो समय कोरोना संक्रमण दर फेरी बढ्न लागेको कारण , उपत्यकाका तिन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु जिल्ला प्रशासन कार्यालयमा आज बैठक बसेको हो । बैठकले बिहीबार राति ८ बजे देखि उपत्यकामा सवारी चलाउन नपाउने नियम लागु गरेको छ ।
कोरोन संक्रमण दर बढेपछि अस्पतालहरु भरिन थालेको छन् त्यसकारण रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनु भएको छ ।