२६ साउन , काठमाडौँ ।
पछिल्लो समय कोरोना संक्रमण दर फेरी बढ्न लागेको कारण , उपत्यकाका तिन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु जिल्ला प्रशासन कार्यालयमा बैठक बस्नेभएको हो ।
बैठक आज दिउँसो २ बजे बसिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको छ । यसअघि घोषित निषेधाज्ञाको बुधबार मध्यराति सकिँदैछ भने अब निषेधाज्ञा कडा र वैज्ञानिक बनाउनु पर्ने आवश्यक देखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनु भएको छ ।